१३६ औँ हेलेन केलर जन्म जयन्ती मनाईयो

नेत्रहीन महिला संघले १३६ औँ हेलेन केलर जन्म जयन्ती एक भव्य समारोहका साथ भृकुटिमण्डपस्थित पर्यटन बोर्डको हलमा मिति २०७३ असार १३ गते मनाईयो । सिविनका अध्यक्ष श्री माधव प्रधानको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा एस.एल.सी. मा ए प्लस ग्रेड ल्याउन सफल तीन जना दृष्टिविहीन छात्राहरू पूजा शाह, बारा, मेनुका बि.क., दोलखा र सरीता अर्याल, सुर्खेत, जो लेब्रेटरी उच्च मावि का विद्र्थीहरू थिए प्रमाणपत्र टोकन अफ लभ र सेतो छडि वितरण गरिएको थियो । साथै डा. मदन मानन्धरले नेपाल नेत्रहीन संघ, मा द्रिष्टिविहीन अभिभावकका सद्न्तानका लागि ट्स्थापना गरेको अक्ष कोषको आयाजद्वारा ८ जना बालबालिकाहरूलाइ प्रति ब्यक्ति पोशाक र स्कुल झोला, कापी र पेन्सील वितरण गरियो । उक्त समारोहमा हेलेन केलरको तट्स्वीरमा माद्ल्यार्पण गर्नुका साथै उनको संक्षिप्त जीवनीमथि चर्चा गर्दै संघका निवर्तमान अध्यक्ष श्री नीरा अधिकारीले हेलेन केलरको भनाइ “Optimism is the faith that leads to achievement” राख्दै बिदा हुनुभयो । अतिथिको आशनबाट आड्राड नेपालका अध्यक्ष श्री बीरेन्द्रराज पोखरेलले नेपालमा पनि थुप्रै हेलेन केलर भएको र तिनीहरूको प्रेरणाको सवाललाइ झमक घिमिरे सृष्टि के.सी. सँग जोडर अफ्नो विचार राख्नुभएको थियो । त्यसैगरी राष्ट्रिय अपाङ्ग महासंघका प्रतिनिधि श्री टेकनाथ न्यौपाने नेपाल नेत्रहीन संघका अध्यक्ष श्री सुरेशचन्द्र न्यौपाने दृष्टिविहीन अभिभावक संघका अध्यक्ष श्री जेशमान के.सी., दिव्यज्योति फाउन्डेसनका ज्योति केसी लगायतका ब्यक्तिहरूले संक्षेपमा आफ्नो धारणा राख्नुभयो । विशेष अतिथीका रुपमा रहनुभएका डा. मदन मानन्धरले साना बालबालिकालाइ शैक्षिक सामग्री र पोशाक वितरण गर्नुभयो । यसै समारोहमा वहाँले आँफू यट्स्ता बालबालिकालाइ सहयोग गर्न सदैव तयार भएको र यसका लागि आगामी दिनमा अझ हातेमालो गर्दैजाने इच्छा ब्यक्त गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथी श्री माधव प्रधानले दृक्ष्टिविहीन छात्राहरूलाइ सम्मानपत्र र सेतो छडी र टोकन अफ लभ प्रदान गर्दै र्सिबिन्ले गरिरहेको काममाथि प्रकाश पार्नुभयो । वहाँले सिबिन् सधैँ सबैखाले बालबालिका र अपाङ्गता भएका बालबालिकाको लागि पनि काम गर्ने कुरा बताउनुभयो। यसरी उक्त कार्यक्रमको संचालन संघका सचिव अन्जु सिग्देलले गर्नुभएको थियो भने कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संघका अध्यक्ष श्री सीता सुबेदीले उपस्थिति सबैलाइ स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा १०० भन्दा बढी व्यक्तिहरूको सहभगिता रहेको थियो । सोही समारोहमा दिव्यज्योति फाउन्डेसनका ज्योति के.सी. मार्फत रु. ५००० स्वर्गीय अरुणा तामाङ्बाट कमला स्मृति प्रतिभा कोषमा जम्मा गर्न सहयोग गर्नुभएको थियो।