अक्षय कोष संचालन

यस संघले दृष्टिबिहिन महिलाहरुको विकासका लागि बिभिन्न संघ संस्था एवं व्यक्तिहरुको सहयोगमा देहाय बमोजिमका अक्षय कोषहरुको स्थापना गरि संचालन गरिरहेको छ।

क. कमला स्मृति प्रतिभा कोष

यस संघले तात्कालिन नेत्रहीन महिला समितीद्वारा नेपाल नेत्रहीन संघका भुतपुर्व उपाध्यक्ष एवं महिला समितीका प्रथम संयोजक स्व. कमला श्रेष्ठको सम्झनामा स्थापित कमला स्मृति प्रतिभा कोष निरन्तर रुपमा संचालन गरेको छ । यो कोष मार्फत् प्रतिभावान् दृष्टिविहीन महिलाहरुको क्षमता र आवश्यताको आधारमा वार्षिक रुपमा छात्रवृति पुरस्कार तथा  उनीहरुको  हक, हित र उत्थानका लागि समर्पित भएर काम गर्ने साङ्ग व्यक्तिको योगदानलाइ समेत कदर गर्दै प्रत्येक दुई वर्षमा सम्मान तथा पुरस्कृत गर्दै आएको छ। उक्त कोष अभिवृद्धिका लागी नेपाल नेत्रहीन संघ एवं शाखाका सदस्यहरु, कर्मचारीहरु लगायत अन्य विभिन्न क्षेत्रका सहयोगी महानुभावहरुबाट प्राप्त सहयोग रकमबाट करिब साढे चार लाख कोषमा जम्मा गरिसकेको छ र कोषको श्री बृद्धिका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।

हालसम्म यस कोषबाट छात्रवृत्ति प्राप्त गर्ने दृष्टिविहीन महिलाहरु र प्रतिभा पुरस्कार प्राप्त गर्ने व्यक्तिहरुको विवरण देहायबमोजिम प्रस्तुत गरिएको छ:

ख. आकस्मिक कोष

जीवन यापनका क्रममा आईपर्ने विविध आकस्मिक घटना, दुर्घटना, प्राकृतिक विपत्ति, प्रजनन् स्वास्थ्य  लगायत दृष्टिविहीन महिलाहरुका असहज परीस्थितिहरुमा सहजता प्रदान गर्ने अभिप्रायकासाथ एक आकस्मिक कोषको स्थापना गरीएको छ । खासगरी विसं २०७२ सालमा गएको विनाशकारी भुकम्पबाट पाठ सिकी यस संस्थाका सदस्यहरुबाट चन्दा संकलन गरी  कोषमा रु. १,००,००० (अक्ष रुपी एक लाख मात्र)जम्मा गर्न यो संघ सफल भएको छ । सो कोषबाट प्राप्त व्याजबाटविसं २०७३ सालदेखि दृष्टिविहीन महिलाका लागि सहयोग समेत उपलब्ध गराउन सुरु गरिएको छ ।

ग. स्वर्गिय किरण बाबा सिंह अक्षय कोष

दृष्टिबिहिन डा. स्वेता सिंह मार्फत आफ्नी स्वर्गिय आमा किरण बाबा सिंहको जन्मदिनको अवसरमा मिति २०७३ जेठ २ गते दृष्टिबिहिन महिलाहरुको लागि आयआर्जन एवं उच्च शिक्षार्थस्थापीतरु. १,००,०००अक्षय कोषमा यस संघले पचास हजार थप गरी रु. १,५०,००० जम्मा गरी संचालनमा ल्याएको छ ।यस कोषबाट पनि दृष्टिविहीन महिलालाई शिक्षा तथा सीपमुलक रोजगारमा सहयोग पुग्नेगरी वार्षिक रुपमा आर्थिक सहयोग प्रदान गर्ने कार्यको शुरुवात भइसकेको छ । हालसम्म लाभन्वित दृष्टिविहीन महिलाहरुको विवरण देहायअनुसार छ :

छात्रवृत्तितर्फ:

  • सिमला चौधरी, मोरङ (कक्षा ११)
  • पुनम् सार्की,सुनसरी (कक्षा ११)

आय आरजनतर्फ:

श्रीमति मालती पहरी, ललितपुर (पूर्ण दृष्टिविहीन)

घ. दृष्टिविहीन श्रष्टा सम्मानका लागि सिक्का अभियान

यस संघका संस्थापक उपाध्यक्ष चिरिमाया महर्जनको अवधारणा र नेतृत्वमा दृष्टिविहीन कलाकारको सम्मान गर्न र कालान्तरमा दृष्टिविहीन सर्जकका लागि आश्रमसम्म बनाउने अभिप्रायकासाथ सिक्का अभियान सुरु गरिएको छ । खासगरी सिक्का उभारेर सबैबाट जम्मा गरी कलाकारहरुको प्रतिभा प्रवर्धन गर्न संचालित कोष भर्खरै प्रारम्भ गरिएको छ । इच्छुक मानुभावले संघमा सम्पर्क राखी सिक्का जम्मा गर्ने अभियानमा सहयोग पुर्याउन सक्नुहुनेछ । यसका लागि यसका मुख्य अभियानता श्री चिरिमाया महर्जनको सेल नम्बर ९८४१३७६१२५ मा सम्पर्क राख्न समेत सक्नुहुनेछ ।