परालिगल समिती गठन एवम् कानुनी सचेतना तालिम

समाजमा दिन प्रतिदिन महिला हिंसा, यौन हिंसा, बलत्कार जस्ता अपराधहरु बढिरहेका छन् । त्यसमा पनि, अपाङ्गता भएका महिलाहरु अझ बढि हिंसाको शिकार भईरहेका छन् । त्यस्तै दृष्टिविहीन महिलाहरु अन्य व्यक्तिहरुको सहारामा बढि निर्भर हनुपर्ने भएका कारण झन बढि जोखिममा रहेका छन् । वर्तमान परीप्रेक्षको कुरा गर्ने हो भने अन्य क्षेत्रको तुलनामा टेवा बाट सहयोग प्राप्त “परालिगल समिती गठन एवम् कानुनी सचेतना तालिम” परियोजना क्षेत्रमा यस्ता घटानाहरु अझ बढि घटिरहेका छन् । तसर्थ, यो परीयोजना अन्तर्गत बन्ने पारालिगल समिती मार्फत् निम्न समस्याहरु सम्बोधन र समाधान गर्न सहयोग गर्छ 

  • परीयोजना क्षेत्रका दृष्टिविहिन महिला एवम् उनीहरुको अभिभावकहरुमा सचेतना अभिवृद्धि भई महिला हिँसा लगायतका घतनाहरु केहि हदसम्म भएपनि घट्न सक्नेछ ।
  • दृष्टिविहीन महिलाहरु उपर हुने पारीवारीक विभेद असमानता न्युनिकरण गर्न सहयोग पुग्नेछ ।
  • परालिगल समिती स्थानिय तहसम्म पुगेर बकालत गर्ने भएकोलले प्राप्त गर्न नसकेका अधिकार  तथा सामाजिक सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी एवम् स्वरोजगारी तथा तालिमहरुबाट सेवा सुविधाहरु प्राप्त गर्न सक्नेछन् ।
  • स्थानिय न्यायिक समिती, पूलिस प्रशास लगायत अन्य न्यायिक निकायहरुसँग नजिक रहेर काम गरीने हुँदा दृष्टिविहीन महिलाहरुको न्यायमा पहुँच अभिवृद्धि हुनेछ ।